Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हाप्किडोमा काली बहादुर पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित

हाप्किडोमा काली बहादुर पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित

जोईन खबर

२४, भाद्र २०८०
  • 700
    SHARES
  • हाप्किडोमा काली बहादुर पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित

    २४ भदाै काठमाडाैँ ।नेपाल हाप्किडो संघको अध्यक्षमा पुनः काली बहादुर घर्ती मगर निर्वाचित भएका छन् । भक्तपुरमा भएको नेपाल हाप्किडो संघको दोश्रो साधारण सभा तथा महाधिवेशनले अध्यक्षमा घर्ती मगरलाई सर्वसम्मत चयन गरेको हो ।

    images

    यस्तै, नयाँ कार्यसमितिमा बालनकुमार श्रेष्ठ, सुस्मिता गुरुङ, दिब्यराज गुरुङ र तारामाया थापा उपाध्यक्षमा निर्वाचित भए । इन्द्रबहादुर महरा महासचिव, भुवन बुढा मगर उपमहासचिव, टिकाराम घर्ती मगर सचिव तथा पदमा खयरगोली उपसचिव, विजयाकुमारी वाइबा कोषाध्यक्षमा चयन भए ।

    images
    images
    images

    सदस्यमा मोहम्मद मोहसिन हलवाई, निमबहादुर खत्री क्षेत्री, रवि सुनार, खेम पुन र प्रेमकुमार लामा रहेका छन् ।निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुदपरिषद्का खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्माले शपथ ग्रहण गराए । कार्यक्रममा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र राई र प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १०:४३:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको