Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक पक्राउ

मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक पक्राउ

जोईन खबर

२४, भाद्र २०८०
  • 616
    SHARES
  • मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक पक्राउ

    २४ भदाै काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१५ का अशोक लिम्बूलाई प्रहरीले पक्राउ गरी एक रात हिरासतमा राखेर छाडेको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले मेयरलाई दुर्व्यवहार गरेको सूचना आएपछि लिम्बूलाई नियन्त्रणमा लिएको बताए ।

    images

    मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागू औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन् । शुक्रबार अपराह्न उनी धरान उपमहानगरपालिका-१५ मा पुगेका थिए । उनले हाते माइक लिएर सम्बोधन गर्दै स्थानीय वासिन्दालाई सरसफाइमा ध्यान दिन आग्रह गर्दै थिए ।

    images
    images
    images

    उनले सरी है भन्दै साम्पाङलाई प्रश्न गरेका थिए, ‘तपाईँहरूले पानी त हेर्न सक्नुभएको छैन दाइ, बाटोमा पानी बगिरहेको छ ।तर मेयर साम्पाङले उनलाई चुप लाग, तिमी विरोध गर्न आएको हो भन्दै हप्काएका थिए ।  युवक लिम्बूले बोल्न पाइँदैन भन्दै प्रतिवाद गरेका थिए । कार्यक्रमपछि मेयरले नै आग्रह गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १०:५७:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको