Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोखरामा कालिका फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालन

पोखरामा कालिका फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालन

जोईन खबर

२४, भाद्र २०८०
  • 709
    SHARES
  • पोखरामा कालिका फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालन

     २४ भदाै काठमाडाैँ । गण्डकी प्रदेश पोखरा कास्कीकाे सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रले सञ्चालन गरेको कालिका फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा आइतबार २ वटा फास्ट चार्जिङ स्टेसन उद्घाटन गरेका हुन् ।

    images

    सार्वजनिक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताका २ वटा फास्ट चार्जरहरु रहेका छन्, यसबाट ठूला बससहित ६ वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।

    images
    images
    images

    सशस्त्र प्रहरी र प्राधिकरणबीच ९ भदौ २०७९मा चार्जिङ स्टेसन स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सशस्त्र प्रहरीले चार्जिङ स्टेसनको सञ्चालन तथा सुरक्षा गर्ने छ।चार्जिङ स्टेसन तेस्रो व्यक्तिरसंस्थालाई सञ्चालन गर्न दिन नपाउने व्यवस्था गरिएको छ । ।

    प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १४:३२:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको