२४ भदाै काठमाडाैँ । गोरखाको पालुङटार नगरपालिका वडा न २ आँपपिपलमा आयोजित कार्यक्रम सुरेश वाग्ले बासु र भीमसेन पोखरेल बैरागी को २४ औं स्मृतिसभालाई सम्बोधन सभालाई सम्बोधन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिदहरू सपना पूरा गर्ने जिम्मेवारी आफ्नो रहेकाे बताएका छन ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले माओवादीले उठाएका मुद्दा र जनताको चाहाना पूरा हुन अझै पनि बाँकी रहेको बताउनुभयो । जनयुद्धका क्रममा उठाएका सवै मुद्दाहरु पुरा भईसकेका छैनन्,उहाँले भन्नुभयो,शान्तीपूर्ण ढंगबाट बाँकी रहेका मुद्दाहरुलाई स्थापित गर्दै जाने पनि बताउनु भयाे।
यसपटक सरकारको नेतृत्वमा पुगेपछि मैले नै जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरिसकेको छु,उहाँले भन्नुभयो,राजपत्रमा प्रकाशित गरी सहिद घोषणा र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणाले जनयुद्धलाई सम्मान गर्ने वातावरण बनेको छ।
उहाँले सत्यनिरुपण तथा बेपत्ता सम्बन्धि बिधयेक पारित भएपछी देशैभर सहिद तथा बेपत्ता परिवारको सम्मान हुने समेत उल्लेख गर्नुभयो।बि.स २०५६ साल भदौ २३ गतेका दिन बिरामी अबस्था रहुन भएका नेता वाग्लेलाई पार्टी कामका शिलशिलामा रहनु भएका बेला साविकको गोरखाको गाँखु गा.वि.समा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएको थियो ।२०४७ सालदेखि शिक्षण पेशा छोडेर कम्युनिष्ट राजनीतिमा होमिनु भएका नेता वाग्ले माअाेवादीले जनयुद्धको थालनी गरेसंगै भूमिगत हुनुभएको थियो।