२५ भदाै काठमाडाैँ । देश भरका केही प्रदेशमा अाज भारी बर्षा हुने सम्भावना रहेकाे देखिन्छ । जलस्राेत तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
आज सोमबार बिहानसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहि देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।