Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानब वेचविखन गर्ने एक युवा पक्राउ

अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानब वेचविखन गर्ने एक युवा पक्राउ

जोईन खबर

२५, भाद्र २०८०
  • 685
    SHARES
  • अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानब वेचविखन गर्ने एक युवा पक्राउ

    २५ भदाै काठमाडाैँ ।  अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके रूकुम पूर्व सिस्ने गाउँपालिका-४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    images

    नेपाली नागरिकहरुलाई युएई (दुबई), थाईलैण्ड, फिलीपिन्स, जाम्बीया, सिंगापुर, हङकङ लगायतका देशहरूमा पुर्‍याई राहदानी, मोबाइल समेत जफत गरी थप पैसा माग गर्ने, एजेन्टले भनेजति पैसा नदिएमा शारीरिक मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरूलाई वेचविखन गर्ने, बुझाउने जस्ता क्रियाकलाप गरी अलपत्र पार्ने कार्यमा संलग्न उनलाई मानव वेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही बेलहियाबाट पक्राउ गरेको हो । 

    images
    images
    images

     मानब वेचविखन तथा ओसारपसार र संगठित अपराधमा ५ वटा मुद्दा दर्ता भई उक्त कसूरमा संलग्न ३ जना अभियुक्तहरू पक्राउ परी अनुसन्धान भइरहेकोमा उक्त कसूरमा निज हस्त गौतम प्रमुख योजनाकार रहेको खुल्न आएको हो ।गौतम समेतको संलग्नता भएको उक्त मुद्दामा जम्मा ६ जना पीडितहरू रहेको र २ जना पीडितको उद्दारको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको सो ब्यूरोले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - १२:५१:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको