२५ भदाै काठमाडाैँ । काठमाडाैँ महानगरले किनेका बिजुली सवारीहरु चलाउन चालक पाउन सकस पाएकाे महानगरले बताएकाे छ । चालकहरू भन्छन सकेसम्म आफूलाई बिजुली गाडी चलाउने जिम्मा नदिने वातावरण बनाइदिन विभिन्न सवारी चालकले आफ्नो चिनजानका कर्मचारीसँग अनुरोध गरेको स्रोतको दाबी छ ।
पेट्रोल गाडीमा इन्धन र मर्मतका बढी खर्च देखाएर अनधिकृत लाभ लिने प्रचलन छ । यस्तो अवस्थामा बिजुली गाडीमा त्यस्तो अतिरिक्त आम्दानी नहुने भएकाले चालहरुले यस्तो गाडी चलाउन रुचाउँदैनन् ।
महानगरको वातावरण विभाग प्रमुख श्रेष्ठले भने २ जना चालकले चबी लगिसकेको बताए । ‘कसैले गाडी चलाउन नमानेको जानकारी मलाई छैन । सबै गाडी हामीसँग आइसके प्रक्रिया पुरा गरेर सबै सवारी नियमित प्रयोगमा जाने विभाग प्रमुख बताउनु भयाे ।