२६ भदाै काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का नवनिर्वचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई सोमबार बधाइ दिएका छन् ।सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा नवनिर्वाचित पदाधिकारीलाई भेटी बधाइ दिनुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
भदौ १९ गते सम्पन्न खेलाडी संघको साधारण सभा तथा निर्वाचनले २ वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो । साधारण सभाका अवसरमा राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा लामो समयदेखि कार्यरत कृष्णहरि घिमिरेलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो ।