२६ भदाै काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष, पूर्व सभामुख सुवास नेम्वाङको शव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने अाफनाे पार्टीका उपमहासचिव विष्णु रिमाले जनाकारी दिनुभयाे।
बुधबार मात्र अन्त्येष्टि गर्ने कुरा भएको उपमहासचिव रिमालको भनाइ छ । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले उनीहरू आएपछिमात्र अन्त्येष्टि गर्न लागिएको हो । नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ । अन्त्येष्टि गरेका दिन देश भर सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ ।