Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विदेशबाट दुबै छोरा आइपुगे पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो

विदेशबाट दुबै छोरा आइपुगे पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो

जोईन खबर

२७, भाद्र २०८०
  • 814
    SHARES
  • विदेशबाट  दुबै छोरा आइपुगे   पार्थिव शरीर पार्टी कार्यालयबाट घर  लगियो

    २७ भदाै काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष  तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको  हृदयघात करण निधन भए पछि पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगिएको छ।सोमबार राति निधन भएका नेम्वाङको पार्थिव शरीर मंगलबारदेखि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो।

    images

    दुबै छोराहरू विदेशबाट आएर च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो। नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट र कान्छा छोरा सुहाङ  अष्ट्रेलियाबाट नेपाल आएका थिए।नेम्वाङकाे पार्थिव शरीरलाइ  निवासमा लिम्बु परम्पराअनुसारको विधि गरिने उनका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए।

    images
    images
    images

    नेम्वाङको भोलि ११ बजे अन्त्येष्टि गरिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।सरकारले नेम्वाङको निधनमा भोलि शोक विदा घोषणा गरेको छ।राजकीय सम्मानका साथ उनको अन्त्यष्टि गर्ने सरकारले निर्णय गरेको छ।

     

    प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - १३:५०:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको