२७ भदाै काठमाडाैँ । रामेछापकाे सुनपाती गाउँपालिका वडा न ३ रजमनटारबाट काठमाडौंतर्फ अाइरहेकाे बा ३ ख ५९६० नम्बरको यात्रु बस सडकमा अनियन्त्रित भई भलायखर्क भन्ने स्थानमा पल्टिदा बसमा ७० यात्रु रहेको ७ जना घाइते भएको रामेछाप जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकाे जिल्ला प्रहरी प्रमुख डिएसपी होम पराजुलीले बताउनु भयाे ।
दुर्घटनामा घाइते हुने मध्यमा रामेछाप सुनपाती गाउँपालिका–२ बस्ने ५० वर्षीया मैच्याङ तामाङ, साेही गाउँपालिका–४ मा बस्ने ६२ वर्षका धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षकी शुक्रमाया विश्वकर्मा, गाउँपालिका–२ बस्ने वर्ष ६५ कि साइँली तामाङ, गाउँपालिका– ३ का ६० वर्षीय मिन बहादुर थापामगर, गाउँपालिका–५ का चार वर्षीय बालख विस्वास बिसंखे घाइते भएका प्रहरीकाे बताउनु भयाे ।