२८ भदाै काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष, पूर्वसभामुख सुवास नेम्वाङको आज बिहिबार अन्त्येष्टि गरिने भएको छ। नेम्वाङको सोमबार राति निधन भएको थियो।
दुई दिनसम्म पार्टी कार्यालय,च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका अनुसार नेम्वाङको अन्त्येष्टि गरिनेछ।
शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ। अन्त्येष्टिका दिन आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ।