Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तडकभडक देखाएर तीजलाई विकृत बनाउन हुँदैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

तडकभडक देखाएर तीजलाई विकृत बनाउन हुँदैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

जोईन खबर

२९, भाद्र २०८०
  • 718
    SHARES
  • तडकभडक देखाएर तीजलाई विकृत बनाउन हुँदैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    २९ भदाैँ काठमाडाैँ । आज शुक्रवार गृह मन्त्रालयमा  एक आयोजितमा तीज शुभकामना आदानप्रदान कार्यक्रममा तीज पर्वलाई  विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह रूपमा मनाउनुपर्ने उपाप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले  बताएका छन् । 

    images

    गृह मन्त्री श्रेष्ठले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौँ पक्ष भएको उल्लेख गर्दै महिला कर्मचारीलाई तीजको शुभकामनासमेत दिए । तीज एक सामाजिक-सांस्कृतिक पर्व भइसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्नेमा उनले जोड दिए ।

    images
    images
    images

    खानपिन तथा लवाइखवाइको अनावश्यक तडकभडक देखाएर यसलाई विकृत बनाउन नहुने बताउँदै उनले भने, ‘उल्लास त गर्ने नै हो, तर आफ्नो जिम्मेवारीमा सधैँ प्रतिबद्ध भएर,खर्चमा मितव्ययी भएर मनाउनुपर्छ ।निरङ्कुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उनले स्मरण गरे । उनले शरीरसँगै मन पनि नाच्नुपर्ने र योग ध्यानलाई पनि नियमित गर्नुपर्नेमा जोड दिए ।

    प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - २२:३९:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको