Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शनिबार वाकाथन र फन रन हुने

शनिबार वाकाथन र फन रन हुने

जोईन खबर

३१, भाद्र २०८०
  • 760
    SHARES
  • शनिबार वाकाथन र फन रन हुने

    ३१ भदाै काठमाडाैँ ।  काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा आगामी शनिबार वाकाथन र पाँच किलो मिटरको दौड आयोजना हुने भएको छ । कोषको ५० औं वार्षिकोत्सवको अवसरमा संस्थाले वाकाथन र ५ किलोमिटर दौडको आयोजना गरेको हो ।

    images

    कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले वित्तीय अनुशासन सम्बन्धी सचेतनाका लागि भन्ने नारा सहित वाकाथन र दौडको आयोजना गरिएको बताए । उनले कोषको ५० औं वार्षिकोत्सवको अवसरमा वित्तीय अनुशासन सम्बन्धी सचेतनाका साथै विभिन्न कार्यक्रम गरि मनाउन थालिएको जानकारी दिए ।नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा डबलीबाट सुरु हुने दौड बिहान साढे ६ बजे सुरु हुनेछ ।

    images
    images
    images

    दौड कमलादी, कमलपोखरी, नक्साल, डीसीजीएफ अफिस, गैह्रीधारा, लैनचौर, जमल, घण्टाघर पुगेर पुन कमलादीमा आएर समापन हुनेछ ।पाँच किलोमिटर दौडका महिला तथा पुरुष विधाका विजेतालाई समान १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुने खेलाडीलाई समान ५ हजार रुपैयाँ पुरस्कारको समेत ब्यवस्था गरिएको छ । कोषको केन्द्रिय कार्यालय टंगालमा वाकाथन र दौडमा सहभागी हुन चाहने ब्यक्तिले नाम दर्ता गर्न सक्नेछन् ।

    प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १०:१९:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको