३१ भदाै काठमाडाैँ। नेपाली नारीले मनाउने तीजमा माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा रहेकाे छ । हरितालिका व्रतको तयारीस्वरुप नेपाली महिलाहरु आज दर खाने तयारीमा छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । तीजको व्रत बस्न सक्नेहरु निराहार हुने भएकाले आज बर्तालुहरु मीठामीठा शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाई शुक्रबारको व्रतका लागि पूर्व तयारी गर्छन् ।
विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पिर र मर्का र जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःखमर्कालाई नारीले पोख्ने पर्वका रुपमा समेत लिएका हुन्छन् । तीजका अवसरमा गीतका माध्यमबाट मर्कालाई महिलाले सबै दिदि बहिनिसंग सार्वजनिक गर्ने गर्दा छन् ।आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।