Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु

आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु

जोईन खबर

३१, भाद्र २०८०
  • 811
    SHARES
  • आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु

    ३१ भदाै काठमाडाैँ । आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकले कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। सन्चो अस्पतालका चिकित्सक डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमै खटिएको बेला कुटपिट भएको थियो।कुटपिटपश्चात नेपाल चिकित्सक सङ्घले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।

    images

    डा.कार्कीले भन्नुभयो, ‘‘७२ घण्टा कटेपछि स्वास्थ्य सेवा आकस्मिक बाहेक बन्द गरेकोमा नेपाल सरकारले स्वास्थ्यमन्त्रीको पहलमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। त्यसमा गृह, कानुन, प्रधानमन्त्री कार्यालयको सहसचिव र हाम्रो तर्फबाट म लगायतका टिम छौं। हामीले बुँदागत रुपमा छलफल गरेका छौँ।सङ्घको आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द छन्।  

    images
    images
    images

    प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १७:४७:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको