Logo

बिहिवार, कार्तिक १३ गते २०८३

याे विवादका कारण भएकाे थियाे ,काठमाडौंको तीनकुने गैह्रीगाउँस्थित शुक्रबार राति ४ जनाको हत्या

याे विवादका कारण भएकाे थियाे ,काठमाडौंको तीनकुने गैह्रीगाउँस्थित शुक्रबार राति ४ जनाको हत्या

जोईन खबर

३१, भाद्र २०८०
  • 835
    SHARES
  • याे विवादका कारण भएकाे थियाे ,काठमाडौंको तीनकुने गैह्रीगाउँस्थित शुक्रबार राति ४ जनाको हत्या

    ३१ भदाै काठमाडाैँ । काठमाडौंको तीनकुने गैह्रीगाउँस्थित  शुक्रबार राति ४ जनाको हत्या भएकाे थियाे । गैह्रीगाउँमा रहेकाे श्री दिव्य मिल तथा काष्ठ उद्योगमा शुक्रबार राति भएको ४ जनाकाे  हत्याकाण्डमा मोटरसाइकलको ठक्कर दिए पछि भएको विवादको बदला लिँदा  याे घटना भएको खुलास भएकाे छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए।राठौरका अनुसार विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका  दिए र उनलाइ ठक्कर दिएपछि राईले  कुटपिट पनि गरेका थिए।

    images

    भण्डारी जन्मजात बोल्न नसक्ने त्यसपछि राईसँग पटकपटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए।कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने काठ मिलमा गएका थिए,' एसएसपी राठौरले भने, 'मिलमा उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे। याे घटनाकाे बिषयमा कुरा बाहिरिने भएकाेले अरू तीन जनाको पनि खुकुरीले हानेर हत्या गरेको देखिन्छ।

    images
    images
    images

    भण्डारीले सोही ठाउमा काम गर्ने दोलखाका  पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल ,आमा शुभद्रा भुजेलको पनि हत्या गरेका थिए।चार जनाको हत्या गरेर  पछि भण्डारी  दिदीभिनाजुको घरमा गएर बसे र आइतबार बिहान उनी काठमाडौंमा प्रहरीले आफूलाई खाेजतलास गरेकाे थाहा पाएर सिन्धुपाल्चोक जाने तयारीमा बसेका  बताए । प्रहरीले उनलाई सिन्धुपाल्चोक जान लाग्दा पक्राउ गरेको हो।

    राठौरले भने पक्राउ पर्दा उनले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए भने झोलामा खुकुरी राखेका थिए।भण्डारीले सिन्धुपाल्चोकमा कक्षा ८ सम्म र काठमाडौंमा १२ कक्षासम्म सांकेतिक भाषामा पढेका थिए।उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई बोलाएको थियो। भण्डारीले सुरूमा आफूले चार जनाको हत्या गरेको भन्दै कापीमा अंग्रेजीमा लेखेका थिए। आई किल्ड फोर पिपल।भण्डारीले हत्या गरेको स्वीकार गरेपछि प्रहरीले शनिबार पक्राउ गरेका हाे ।

    प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - २३:०१:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको