Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तिज पर्वकाे नाचगानमा युवाहरुबीच झगडा हुँदा एक जना युवाकाे मृत्यु

तिज पर्वकाे नाचगानमा युवाहरुबीच झगडा हुँदा एक जना युवाकाे मृत्यु

जोईन खबर

१, आश्विन २०८०
  • 727
    SHARES
  • तिज पर्वकाे  नाचगानमा युवाहरुबीच झगडा हुँदा  एक जना युवाकाे मृत्यु

    १ असाेज काठमाडाैँ। पाल्पामा तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा  एक जनाकाे मृत्यु भएकाे छ ।  पाल्पा मा  तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    images

    प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रदेशकाे अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

    images
    images
    images
    महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको र त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बतए ।हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, प्रहरीले थप विवरण खुलाएको छैन ।

     

    प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - १०:१८:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको