Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्कुल टु ओलम्पिकको प्रशंसा

स्कुल टु ओलम्पिकको प्रशंसा

जोईन खबर

२, आश्विन २०८०
  • 790
    SHARES
  • स्कुल टु ओलम्पिकको प्रशंसा

    २ असाेज काठमाडाैँ । नेपाल ओलम्पियन्स संघले नेपालका विभिन्न ठाउँमा सन्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई तेस्रो वल्र्ड  ओलम्पियन्स फोरमका सहभागीले उच्च प्रशंसा गरेका छन्  ।टर्कीको इस्तानबुलमा  गत शनिबार र आइतबार भएको दुई दिने वल्र्ड ओलम्पियन्स फोरममा आफूले प्रस्तुत गरेको संघको गतिविधि मध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएको नेपाल ओलम्पियन्स संघका  अध्यक्ष दीपक विष्टले बताएका छन् ।

    images

    फोरममा अन्य देशका सहभागीले पनि आ–आफ्नो गतिविधिका बारेमा फोरममा जानकारी गराएका थिए ।हामीले संघले पछिल्लो दुई वर्षमा गरेका स्कुल टु ओलम्पिक, ओलम्पियन्स रियुनियनलगायत अन्य कार्यक्रमलाई समेटेर तयार पारिएको भिडियो कार्यक्रमका दौरान प्रस्तुत गर्ने अवसर मिलेको थियो, विष्टले भने, त्यसमा  स्कुल टु ओलम्पिक अभियानलाई सबैले प्रशंसा गर्दा खुसी लागेको तथा थप प्रेरणा मिलेको छ । हामीले सहि कामको सुरुवात गरेको महसुस गरेका छौं ।

    images
    images
    images

    देश भित्रका खेलकुद निकायसँग सहकार्य गर्दै समाजको सेवा गनुपर्नेमा फोरममा जोड दिएको जनाउँदै विष्टले भने, हामीले नेपाल ओलिम्पक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, प्याब्सन, एनप्याब्सनसँग सहकार्य गर्दै स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गरिरहेको छौं,  त्यसलाई भविष्यमा पनि निरन्तरता दिनेछौं ।फोरममा  विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका  प्रतिनिधिको सहभागिता रहेको विष्टले बताए ।

    सहभागीलाई नेपाल  भ्रमणको निमन्त्रणा दिएको र सबैबाट सकारात्मक प्रतिक्रिया पाएको विष्टले जनाए । वल्र्ड ओलम्पियन्स एसोसिएसनका अध्यक्ष जोय बोउजोउले आफूहरुको संघको उच्च मुल्याङकन गदै तारिफ गरेको उल्लेख गर्दै विष्टले नेपाल आउन नियन्त्रणा सहित उनलाई मायाको चिनोको रुपमा संघकोतर्फबाट मयुर अंकित काठको आखीझ्याल हस्तान्तरण गरेको बताए । वल्र्ड ओलम्पियन संघका अध्यक्षले समय मिलाएर नेपाल आउने वाचा समेत गरेका थिए ।

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ११:५३:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको