२ असाेज काठमाडाैँ । नेपालले आफ्नाे उत्पादनहरुको विस्तारलाई निरन्तरता दिदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी नूडल्स बजारमा ल्याएको छ । कुरिलोको स्वादमा उपलब्ध यो चाउचाउ नयाँ र पहिलो रोजाइ बन्ने कम्पनीले विश्वास लिएको छ ।
कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुक्रा, हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो बजारमा उपलब्ध अरु चाउचाउ भन्दा पृथक रहेको कम्पनीले जनाएको छ ।
साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो ।आकर्षक प्याकेटमा उपलब्ध ७५ ग्रामको कुरिलो स्वादको सोल्टी इन्स्ट्यान्ट नूडल्सको उपभोक्ता मूल्य २५ रूपैयाँ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नूडल्सको उपभोक्ता मूल्य २० रूपैयाँ रहेको छ ।