Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले संविधान दिवसकाे अवसर पारेर द्रुत बस सेवा सञ्चालन गर्ने

सरकारले संविधान दिवसकाे अवसर पारेर द्रुत बस सेवा सञ्चालन गर्ने

जोईन खबर

२, आश्विन २०८०
  • 892
    SHARES
  • सरकारले संविधान दिवसकाे अवसर पारेर द्रुत बस सेवा सञ्चालन गर्ने

    २ असाेज काठमाडाैँ । नेपाल सरकारले संविधान दिवसकाे अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंसम्म द्रुत बस सेवा सञ्चालन गरीने  भएकाे हाे । भाेली  बुधबारदेखि सो बस सेवा सञ्चालनमा ल्याउने र  यसकाे लागि  छुटै लेन तयारकाे काम सडकमा तिव्र गतिमा भएकाे छ ।

    images

    काठमाडाैँ भित्रका  सडकहरूमा  धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्यमा पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार तत्कालका लागि द्रुत बस सेवाकाे समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ । याे बसमा ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालन अाउने छन् ।यातायात मन्त्री प्रकाश ज्वालाले सडक विभागलाई  बसको आकार प्रकार, सफाइ तथा रोड पर्मिटको व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।

    images
    images
    images

    सोही निर्देशन अनुसार  द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन बनाएको हो ।द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्नेछ ।सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा १ घण्टा ३० मिनेट लाग्ने गरेको छ भने द्रुत बस सेवा सञ्चालन भएपछि जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिनेछ । 

     

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - १४:५९:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको