Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वाईसीएल इन्चार्ज सापकोट दक्षिण कोरियामा अनुसन्धानमा परे

वाईसीएल इन्चार्ज सापकोट दक्षिण कोरियामा अनुसन्धानमा परे

जोईन खबर

२, आश्विन २०८०
  • 772
    SHARES
  • वाईसीएल इन्चार्ज  सापकोट  दक्षिण कोरियामा अनुसन्धानमा परे

    २ असाेज काठमाडाैँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोट ‘दीपशिखा’ दक्षिण कोरियामा अनुसन्धानमा परेका हुन् । अगस्ट दोस्रो साता दक्षिण कोरिया पुगेका उनको साथबाट चिकित्सकको प्रेस्किप्सनविनाको औषधि भेटिएपछि भन्सार अधिकारीले अनुसन्धान थालेको बताइएको छ ।

    images

    दीपशिखाले लगेको औषधि कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएको एन्जाइटीको भएको बताइएको छ ।यसैबीच दक्षिण कोरियास्थित नेपाली दूतावासले प्रेस नोट जारी गर्दै भन्सार अधिकारीले प्रेसकिप्सनविनाको औषधि भेटेकाले केही कागजात माग गरेका कारण सापकोटा कोरियामा रोकिएको जनाएको छ ।

    images
    images
    images

    फेसबुकमा उनले लेखेका छन्, ‘अन्जानबस डाक्टरको प्रिस्किप्सन मसँग नभएकोले कोरियन सरकारको भन्सारले प्रिस्किप्सनसहित अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदूतावासले मागेका डकुमेन्टहरू बुझाइसकेको छ । भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केही पनि होइन उनकाे भनाइ छ । 

    image-76.png

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - १६:४७:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको