Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चार वटा पार्टीकाे सहमति भइ युवा संगठनले बुझायाे , राष्ट्रिय खेलकुद परिषदलाइ ध्यानाकर्षण पत्र

चार वटा पार्टीकाे सहमति भइ युवा संगठनले बुझायाे , राष्ट्रिय खेलकुद परिषदलाइ ध्यानाकर्षण पत्र

जोईन खबर

२, आश्विन २०८०
  • 958
    SHARES
  • चार वटा पार्टीकाे सहमति भइ  युवा संगठनले बुझायाे , राष्ट्रिय खेलकुद परिषदलाइ  ध्यानाकर्षण पत्र

    २ असाेज काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई चारवटा पार्टीकाे सहमतिमा युवा संगठनले ध्यानाकर्षण पत्र अाज बुझाएको हाे । राखेप कार्यालय त्रिपुरेश्वर दशरथ रङ्गशाला काठमाडौंमा बुझाएको छन् । यस ध्यानाकर्षण पत्र लिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ दिनेमा  वाईसिल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पाली,युवा संगठन नेपाल संयोजक क.पाटन सी,समाजवादी युवा संघ नेपाल अध्यक्ष कुमार यादव र युवा संघ नेपाल संयोजक कुमार विश्वकर्मा लगायतको टिमले ध्यानाकर्षण पत्र बुझाएको थिए ।

    images

    संगठनले राष्ट्रको पहिचान बनाउन सफल सबै युवा खेलाडीलाई सम्मान गर्नु पर्ने ,खेलाडीलाई गरिने विभेदको अन्त्य खेलकुद क्षेत्रमा हुने अनियमितता र सबै खेलाडीहरुलाई समान व्यबहार गर्नुपर्ने माग राखेको छन्।  खेलाडीलाई हालसम्म सरकारको तर्फबाट सबै बिधाका खेलाडीका लागि घोषित सबैखाले आर्थिक तथा अन्य सुबिधायुक्त घोषणाहरू तत्काल उपलब्ध गराउन समेत संगठनले माग  राखेका वाईसिल नेपालका केन्द्रीय सदस्य तथा प्रचार प्रसार विभागका उपप्रमुख धिरज उपरकाेटीले जनाकारी दिनुभयाे ।

    images
    images
    images

    साथै खेलकुद क्षेत्रबाट विदाइ भएका  खेलाडीहरूलाइ खेल क्षेत्रमै काम गर्ने सहज वातावरण व्यवस्था गर्ने ध्यानाकर्षण गरिएको छ। खेलाडीलाई  प्रोत्साहन गर्न राज्य जिम्मेवार बन्नुपर्ने उनिहरुको भनाई छ। कम्ती ७ वटा प्रदेशमा प्रदेश  स्तरीय रंगशाला निर्माण   गर्न पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन्।

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - २२:१२:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको