ललितपुर चोकमा हिजो बेलुकी साईकल र माेटरसाईकल ठाेकिदा माेटरसाईकल अनियन्त्रीत भई पल्टिदा १ जनाको मृत्यु भएको छ । १ जना भने घाईते भएका छन् । मृत्यु हुनेमा साईकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ बर्षीय बुद्ध तिमिल्सिना रहेका छन् । घाइते उनको उपचारको क्रममा B&B अस्पतालमा राती ९ बजे मृत्यु भएको हो । घाईते भएका मोटरसाईकलका चालक धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ बर्षीय तुलसीराम गिरीको मंहाकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।