Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१९औँ एसियाली खेलकुद प्रतियोगिता चीनको उत्तर दक्षिणी हाङ्चाओ सहरमा सुरु

१९औँ एसियाली खेलकुद प्रतियोगिता चीनको उत्तर दक्षिणी हाङ्चाओ सहरमा सुरु

जोईन खबर

६, आश्विन २०८०
  • 790
    SHARES
  • १९औँ एसियाली खेलकुद प्रतियोगिता चीनको उत्तर दक्षिणी हाङ्चाओ सहरमा सुरु

    ६ असाेज काठमाडाैँ । १९औँ एसियाली खेलकुद प्रतियोगिता अाजदेखी चीनको उत्तर दक्षिणी हाङ्चाओ सहरमा सुरु हुँदैछ ।प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङ्चाओ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच उद्घाटन गर्नेछन् ।उद्घाटन कार्यक्रममा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत थुप्रै मुलुकका राष्ट्रपति र सरकार प्रमुख तथा नेताहरू हाङ्चाउ सहर पुगेका छन् ।

    images

    कीर्तिमानधारी खेलाडीको ठूलो संख्यामा सहभागिता हुनेछ । विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

    images
    images
    images

    एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोइमा १, क्रिकेटमा १५, साइक्लिङमा २, स्पोर्टसमा २३, कराँतेमा ८, गल्फमा ६, कुस्तीमा ४, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीका १२, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, फेन्सिङमा ६, टेबलटेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

    प्रकाशित मिति :आश्विन ६, २०८० शनिवार - १३:२२:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको