७ असाेज काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोप सम्बन्धी मुद्दाको फैसलाको पेशी ताेकीए पनि जिल्ला अदालत काठमाडौंमा चलिरहेको मुद्दा न्यायाधीश अभावका कारण आज पनि स्थगित भएको छ ।
आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन ।न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् ।सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् ।