८ असोज काठमाडौँ । गोरखाको शहिद लखन गाउँपालिका वडा न ७ बुंकोटको देउराली घर भएका एक युवक आफ्नै घरमा मृत्त फेला परेका हुन । आफ्नै घरमा मृत्तक फेला परेका ब्यक्ति ३५ बर्षका अनु श्रेष्ठ भएको गोरखाका जिल्ला प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिनुभयो ।
गोरखा जिल्ला प्रहरीका अनुसार अनु श्रेष्ठ आफ्नै घरमा आइतबार राती मृत्त अवस्थामा फेला परेको थिए । प्रहरी अनुसन्धानमा मृत्युको कारण केही नदेखिएको बताउनु भयो ।
शवलाइ गोरखा अस्पतालको शव गृहमा राखिएको छ । शवको पोष्टमार्टम गर्नेको लागि तयारी भई रहेको प्रहरीले जानकारी दिएको छ । शवको पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने पनि गोरखा प्रहरीले जनाएको छन्।