Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इन्द्रजात्रा अवलोकन गर्न चिनियाँ टोली काठमाडौँमा

इन्द्रजात्रा अवलोकन गर्न चिनियाँ टोली काठमाडौँमा

जोईन खबर

९, आश्विन २०८०
  • 628
    SHARES
  • इन्द्रजात्रा अवलोकन गर्न चिनियाँ टोली काठमाडौँमा

    काठमाडौँ । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ टोली सोमबार बेलुका काठमाडौँ आइपुगेको हो । टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिङ्ग स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तर्राष्ट्रिय मामिलाका उपमहानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण ब्युरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई काठमाडौँ आएका हुन् ।
    उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा महानगरपालिकाका निर्देशक महेश काफ्ले र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले स्वागत गरेका थिए । चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका तथा सियान सिटीबाट पनि पाहुनाहरू नेपाल आउने काठमाडौँ महानगरपालिकाले जनाएको छ । उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि चीनसँगै अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरू आउने महानगरपालिकाको भनाई छ ।

    images

    प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - १२:३४:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको