९ असाेज काठमाडाैँ । गोरखा अस्पतालमा ओपिडी बन्द गरेर चिकित्सकहरुले आन्दोलन गरेका छन् । देशको बिभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथी हातपात,आक्रमण भएको भन्दै अस्पतालका चिकित्सकहरु अाज आन्दोलन गरेका हुन् ।
गाेरखा अस्पतालले आज एक सूचना जारी गर्दै ‘देशको विभिन्न भागमा अस्पतालजस्तो क्षेत्रमा डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुमाथी निरन्तर भइरहेको हातपात,आक्रमण भईरहेको भन्दै सूचनामा ‘गोरखामा २०८० साल आश्विन ९ गतेदेखी अर्को सूचना जारी नभएसम्मको लागि आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरीने जानकारी गरेका छन् ।
गएकाे महिनामा हेटौडाको सन्चो अस्पताल, पोखरास्थित मणिपाल शिक्षण अस्पताल र लमजुङ जिल्ला अस्पतालका चिकित्सकमाथी कुटपिट भएको थियो ।अस्पतालमा कार्यरत चिकित्सकहरुले विभिन्न प्ले कार्ड लिएर अस्पताल परिषरबाट लोकतान्त्रिक चोक र पुन अस्पताल प्राङणमा पुगेर र्याली सम्पन्न गरेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकार दिनुभयो ।