Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मंगलबार ३ नेपाली खेलाडीले तेक्वान्दो प्रतिस्पर्धा गरे

मंगलबार ३ नेपाली खेलाडीले तेक्वान्दो प्रतिस्पर्धा गरे

जोईन खबर

१०, आश्विन २०८०
  • 850
    SHARES
  • मंगलबार ३ नेपाली खेलाडीले  तेक्वान्दो प्रतिस्पर्धा गरे

    १० असाेज काठमाडाैँ । हाङझाव एसियाडको चौथो दिन मंगलबार ३ नेपाली तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरे ।लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनी अन्तिम ३२ को खेल जितेपनि अन्तिम १६ मा पराजित भए ।

    images

    उनले टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका   थिए ।प्रिक्वाटरफाइनलमा भने उनी थाइल्यान्ड बानलुङ टुबतिम्दाङसँग २–० ले पराजित भए ।

    images
    images
    images

    यसैगरी मंगलबारै भएको महिला ५३ केजीमुनीको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले पराजित भइन् ।महिला ५७ केजी मुनी अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाइतितिए आउनसँग २–० ले पराजित भइन् । यसअघि नै तेक्वान्दोका चार खेलाडी बाहिरिसकेका छन् ।

    प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - १२:५३:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको