११ असाेज काठमाडाैँ । चिकित्सकहरुले काठमाडौंमा बिहीबार पनि गरे आन्दोलन जारी रहेकाे छ। उनीहरुले नयाँबानेश्वरदेखि माइतीघर सडकखण्डमा प्रदर्शन गरेका हुन् । चिकित्सकहरुको भीड नयाँबानेश्वर चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
चिकित्सकहरुले भने आफूहरुको प्रदर्शन शान्तिपूर्ण रहेको भन्दै अगाडि बढ्न दिन माग गरेका थिए । तर प्रहरीले निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिने भन्दै उनीहरुलाई रोक्यो ।अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।आन्दोलन गर्ने चिकित्सकहरु भन्छन् ,हाम्राे माग निर्णय नअाए सम्मा निरन्तरता नै आन्दोलन भइरहने छ ।
हे