६चैत काठमाडाै । भजनी नगरपालिका ३ कुडि चोकमा हिजो बेलुकी ट्याक्टर अनियन्त्रित भएर पल्टिदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै भजनी नगरपालिका १ ठेगरपुरका अन्दाजी २८ बर्षीय टिकाराम चौधरी रहेका छन् ।
सुख्खडबाट भजनी तर्फ जाँदै गरेको से २ त १०२० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा गम्भिर घाईते भएका चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेका छन्।