Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुन जस्तो पहेलो धातु ४ किलोग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ

सुन जस्तो पहेलो धातु ४ किलोग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ

जोईन खबर

१२, आश्विन २०८०
  • 739
    SHARES
  • सुन जस्तो  पहेलो धातु ४ किलोग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ

    १२ असाेज काठमाडाैँ । दोलखाकाे  बिगु गाउँपालिका-३ मा  सुन जस्तो देखिने पहेलो धातु ४ किलोग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिगु गाउँपालिका-१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ रहेका छन् । 

    images

    बिगु गाउँपालिका- ३ जामुने डेरा गरी बस्ने केशर तामाङसमेतले अवैध रूपमा तस्करी गरी ल्याएको सुन लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखा र ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरी टोलीले केशर बहादुर तामाङको कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको धातु बरामद गरी घटनास्थल वरपरबाट केशर, पेम्बा र माधवलाई बुधबार पक्राउ गरेको हो ।

    images
    images
    images

    साथै थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका नुर्वु छिरीङ र सुनमालालाई भिमेश्वर नगरपालिका-६ स्थित शुभकामना होटलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  

     

     

     

     

    प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - १३:४८:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको