१२ असाेज काठमाडाैँ । अमेरीका बाट चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अाज बिहान चीनको छेन्दु आइपुगेका हुन् ।उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले आज साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै बेलुकाकाे खाना पनि सँगै खाने पलान भएकाे छ । बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्रीले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए।
त्यसपछि उनी बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए।प्रधानमन्त्री प्रचण्ड र भ्रमणमा दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम छ ।