Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदै

अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदै

जोईन खबर

१४, आश्विन २०८०
  • 739
    SHARES
  • अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदै

    १४ असाेज काठमाडाैँ । अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछ । उनले फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका थिए ।  म्याद थपका लागि अहिले केहीबेरमा केसीलाई उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी कुमोद ढुंगेलले बताए ।

    images

    आपराधिक विश्वासघात गरेको आरोपमा सुदर्शन थापा प्रोडक्सन नामक फिल्म कम्पनीले अभिनेता केसीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । केसीलाई भक्तपुरको साँगाबाट शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको थियो ।

    images
    images
    images
    पक्राउपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै केसी चिरायु अस्पतालमा भर्ना भएका थिए । पक्राउविरुद्ध केसीले केही दिनअघि उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश पनि लिएका थिए ।रावायण फिल्मका निर्माताले अभिनेता केसीले १० लाख रुपैयाँ लिएर पनि फिल्म खेल्न नमानेको बताएका छन् । तर केसीले चाहिं आफूले पैसा लिए पनि लिखित सहमति नगरेको बताइसकेका छन् ।

    प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - १५:३८:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको