Logo

बिहिवार, कार्तिक १३ गते २०८३

व्यक्तिव्यक्तिका हातमा स्मार्ट फोन र सामाजिक सञ्जालका प्लेटफर्महरू छन् : उपमहासचिव वर्षमान पुन अनन्त

व्यक्तिव्यक्तिका हातमा स्मार्ट फोन र सामाजिक सञ्जालका प्लेटफर्महरू छन् : उपमहासचिव वर्षमान पुन अनन्त

जोईन खबर

१४, आश्विन २०८०
  • 1.4K
    SHARES
  • व्यक्तिव्यक्तिका हातमा स्मार्ट फोन र सामाजिक सञ्जालका प्लेटफर्महरू छन् : उपमहासचिव वर्षमान पुन अनन्त

    १४ असाेज काठमाडाैँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले काठमाडौंको वनस्थलीमा आइतबार हाम्रो एकता खेलकुद क्लबले आयोजना गरेको खुला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने उल्लेख गरे।

    images

     उनले आफूले बुझेको, आफूले सुनेको र आफ्ना आँखाले देखेको मात्र अन्तिम सत्य ठान्ने र अरूका कुरा नसुन्ने प्रवृत्तिले समाजमा विग्रह ल्याउन सक्ने उनको चिन्ता थियो।कतिपय अवस्थामा मुलधारका सञ्चार माध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशालीजस्तो हुने गरेको छ। व्यक्तिव्यक्तिका हातमा स्मार्ट फोन र सामाजिक सञ्जालका प्लेटफर्महरू छन्।

    images
    images
    images

    प्रविधिले समाजलाई पत्रिका, रेडिओ, टेलिभिजन, बैंकिङ कारोबार सबैका लागि एउटा स्मार्ट बोमाइल भए पुग्ने अवस्थामा ल्याएको छ,’ उनले भने, ‘तर, प्रविधिको सही र रचनात्मक प्रयोग गर्नसक्ने समाज हाम्रो बनेको छैन। त्यसअनुसार सामाजिक चेतनाको विकास भएको छैन। आफ्नो धारणा नै सबैको धारणाजस्तो, आफूले बुझेको नै अन्तिम सत्यजस्तो, आफ्नो आँखाले देखेको कुरा नै सबै संसार हो भन्नेजस्तो भएका भएको छ।

    समाज अन्तरक्रियात्मकबाट क्रमशः साँघुरो व्यक्तिवादी प्रवृत्तितिर जान थालेको उनको ठम्याइ छ। सामाजिक सञ्जालमा भेटिएका सबै सूचना सत्य ठान्ने प्रवृत्तिले समाजलाई असहिष्णुतातिर धकेलेको तथा व्यक्ति, समाज र राज्यका बारेमा एकांगी धारणाको विकास हुने अवस्था सुजना हुन थालेको निष्कर्ष  पुन अनन्तले  सुनाए।

    प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - २१:२४:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको