Logo

बुधवार, श्रावण १३ गते २०८३

फागुनमा विदेशिए यति नेपाली

फागुनमा विदेशिए यति नेपाली

जोईन खबर

६, चैत्र २०७९
  • 886
    SHARES
  • फागुनमा  विदेशिए यति  नेपाली

    ६ चैत, काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ ।

    images

     यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो । फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् ।

    123123.jpg यस अवधिमा म्यानपावर एजेन्सीमाफर्त २९ हजार २८८ जना युवा विदेशिएका छन् । व्यक्तिगत रुपमा जाने नयाँ कामदारको संख्या ५ हजार ५३६ जना छन् । जीटूजीमार्फत २ हजार १७० जना युवा विदेश गएका छन् । कुवेतका लागि २ हजार ४६२ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ ।

    कोरियामा २ हजार २२७ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ । जापानमा ८७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ ।

    बढी कुन जिल्लाका विदेशिए ?

    फागुन महिनामा धनुषाबाट ३ हजार १२९, झापाबाट २ हजार ७३५, मोरङबाट २ हजार ३९६, सिराहाबाट २ हजार ३४५, महोत्तरीबाट २ हजार ३०५, रुपन्देहीबाट १ हजार ८१६ र सर्लाहीबाट १ हजार ७२५ जना विदेशिएका छन् ।

    विदेशीनेमध्ये अधिकांश दक्षमात्र, साढे १३ हजार अदक्ष

    नेपालबाट विदेशिने युवामध्ये फागुनमा अधिकांश युवा दक्ष योग्यताका छन् । विभागका अनुसार फागुनमा विदेशिनेमध्ये ४२ हजार ७१८ जना युवा ‘दक्ष’ थिए ।

    अदक्ष युवा १३ हजार ५८० जना विदेशिएका छन् । दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका ५ हजार ४४९ जना युवाले श्रम स्वीकृति लिएका छन् । प्रोफेसनल योग्यताका ६८ र उच्च दक्षता हासिल गरेका ३० जना वैदेशिक रोजगारीमा विदेशिएको तथ्यांकले देखाएको छ ।

    प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - १२:२८:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको