१५ असाेज काठमाडाैँ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी योगबहादुर पालले महिला प्रहरीलाइ यौन दुर्व्यवहार गरेको आरोप लागेका कारण पदबाट राजीनामा दिनुभएका छन्।
राजीनामा स्विकृतिका लागि गृहमन्त्रालयमा पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुवेर कडायतले जानकारी दिनुभयो ।
जेठ १९ गते महिला प्रहरी हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले छानबिन समितिसमेत गरेको थियो ।समितिले एसएसपी पाललाई कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो।
त्यसअनुसार असार १ गते गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो। त्यसपछिकाे थप अनुसन्धान हुदै छ ।