Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वाइसीएलले दिएकाे चेतावनी पछि गोरखामा नयाँ भाडादर समायोजन ,यस्ताे छ पक्की सडक ग्राभेल सडक र कच्ची सडककाे प्रतिकिलोमिटर कुनकाे कति ?

वाइसीएलले दिएकाे चेतावनी पछि गोरखामा नयाँ भाडादर समायोजन ,यस्ताे छ पक्की सडक ग्राभेल सडक र कच्ची सडककाे प्रतिकिलोमिटर कुनकाे कति ?

जोईन खबर

१५, आश्विन २०८०
  • 1.3K
    SHARES
  • वाइसीएलले दिएकाे  चेतावनी पछि गोरखामा नयाँ भाडादर समायोजन ,यस्ताे छ पक्की सडक  ग्राभेल सडक  र कच्ची सडककाे  प्रतिकिलोमिटर कुनकाे कति ?

    १५ असाेज काठमाडाैँ । गाेरखाकाे योङ कम्युनिष्ट लिग वाइसीएलले पाँचदिन भित्र जिल्लाका सवारी साधानहरुकाे भाडादर समायोजन गर्न चेतावनी दिएपछि गोरखामा नयाँ भाडादर समायोजन हुने भएको हाे। कच्ची सडक कालोपत्रे भइसक्दा पनि कच्चीको भाडादर कायम रहेको भन्दै तत्काल नयाँ भाडादर कायम गर्न माग गर्दै असोज ८ गते जिल्ला प्रसासन कार्यालयलाई भाडादर कति भने बिषयमा पत्र बुझाएपछि सोमवार बसेको जिल्ला स्तरीय यातायात व्यवस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको  वाइसीएल जिल्ला सचिव रिजन विश्रवकर्माले बताउनु भयाे ।

    images

    सचिव विश्रवकर्मालका अनुसार  गोरखा जिल्ला भित्र पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपैया ३४ पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर ७ रुपैया ८५ पैसा र कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैया ५५ पैसा दर भाडा कायम हुने भएको छ ।नयाँ भाडा दर निर्धारण भएसंगै वाइसीएल गोरखाका संयोजक सागर श्रेष्ठले संगठनले उठाएका एजेण्डा सबै गोरखाबासीहरुको एजेण्डा भएको भन्दै जनपक्षिय माग पुरा  भएकाे हुदा जिल्ला प्रशासन,यातायात व्यवसायी  सराकोरवालाहरुलाई धन्यवाद पनि दिएकाे उहाँकाे भनाइ छ । गोरखाका वाइसीएलकाे संंयोजक श्रेष्ठले जनहितका एजेन्डालाई वाइसीएलले निरन्तर उठाउदै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

    images
    images
    images

    800.jpg

    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ सगठन योङ्ग कम्युनिष्ट लिग वाइसीएल गोरखाले जिल्ला भित्रका कालोपत्रे सडकमा समेत कच्चीको भाडादर कायम रहेपछि भाडादर समायोजन गर्न ५ दिने अल्टिमेटम दिएको थियो । गोरखाको पालुङटार नगरपालिका र सिरानचोक गाउपालिका क्षेत्र भित्रका मध्यपहाडी लोकमार्ग र अन्य सडकखण्ड गोरखा घ्याम्पेसाल आरुघाट सडक खण्ड लगायत सडकहरु कालोपत्रे भइसकेको लामो समय हुँदा समेत सार्वजनिक भाडादर भने कच्चिकै कायम रहेको थियो ।सार्वजनिक यातायातले मनोमानी रुपमा पक्की सडकमा समेत कच्चीको भाडादर उठाउदा समेत राज्य र प्रशासन मौन बस्नु प्रशासन चुप र गाेरखामाप्रशासन नभएकाे जनतामा भएको उल्लेख्य गर्दै नयाँ भाडादर कायम नभए कडा सर्घषमा उत्रने वाइसीएलकाे टिमकाे भनाइ थियाे ।

    प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - २१:०१:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको