१६ असाेज काठमाडाैँ । काठमाडाैँकाे न्युरोडमा चक्कु प्रहारबाट एक युवाकाे मृत्यु भएको छ। मृत्यु हुने युवा ओखलढुंगा लिखु गाउँपालिका वडा न ४ घर भइ हाल काठमाडाैँकाे उनी क्षेत्रपाटी बस्दै आएका सनी कार्कीमाथि इन्द्रजात्रा हेर्न जाँदा चक्कु प्रहार हुदा घाइते भएका १७ वर्षीय सनीकाे उपचार क्रममा बाटाेमा निधान भएकाे हाे ।
उनी सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका थिए ।उनलाई ट्रमा सेन्टर पुर्याइएकाे थियाे । त्यसपछि कार्कीलाई ट्रमा सेन्टर अस्पतालबाट रिफर गरेर ११ बजेर ५८ मिनेटमा मनमोहन अस्पताल पुर्याउँदा निधन भएको थियाे। प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीकाे अनुसार घटनाकाे विवरण अाउन बाकी थप अनुसन्धान हुदैछ ।