Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१९ औं एसियाली खेलकाे ब्याडमिन्टनमा नेपालकी रशिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश

१९ औं एसियाली खेलकाे ब्याडमिन्टनमा नेपालकी रशिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश

जोईन खबर

१६, आश्विन २०८०
  • 769
    SHARES
  • १९ औं एसियाली खेलकाे ब्याडमिन्टनमा नेपालकी रशिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश

    १६ असाेज काठमाडाैँ । चीनमा जारी १९ औं एसियाली खेलमा नेपालकी रशिला महर्जन मंगलबार ब्याडमिन्टनमा महिला सिंगल्समा प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गरिन् । खेल १५ मिनेट चलेको थियो ।

    images

    यो स्पर्धासहित मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । बाँकी ३ मा भने नेपाल पराजित भयो ।महिला सिंगल्समै थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई सीधा सेटमा २१–१० र २१–४ ले हराइन् ।

    images
    images
    images

    महिला डबल्समा चाइनिज ताइपेईंका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका निता लम्साल र नङशल तामाङको जोडीलाई २१–१ र २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रशिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३ र २१–७ को सोझो सेटमा पाखा लगाए ।

    प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - १५:०७:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको