१७ असाेज काठमाडाैँ । नेपालीमा रहेका हिन्दुहरूकाे महान पर्वमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँले टीकाको साइत सार्वजनिक गरेको हाे। यस समितिका अनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
उनीहरूले यस वर्षको दसैँको असोज २८ गते आइतबार देखि सुरुवात हुनेछ । समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको छ ।
घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।यस्तै कार्तिक ४ गते शनिबार फूलपाती रहेको समितिले जनाएको छ ।
