Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अचानक स्वास्थ्यमा समस्या देखिए पछि , हेलिकोप्टरबाट नेपालगञ्जको कोहलपुर मेडिकल

नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अचानक स्वास्थ्यमा समस्या देखिए पछि , हेलिकोप्टरबाट नेपालगञ्जको कोहलपुर मेडिकल

जोईन खबर

१७, आश्विन २०८०
  • 766
    SHARES
  • नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अचानक  स्वास्थ्यमा समस्या देखिए पछि  , हेलिकोप्टरबाट  नेपालगञ्जको कोहलपुर मेडिकल

    १७ असाेज काठमाडाैँ । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अचानक  स्वास्थ्यमा समस्या  देखिएकाे छ । नेकपा माओवादी सुदूरपश्चिम इन्चार्जसमेत रहेका उनी तीन महिने पार्टी रुपान्तरण अभियान लिएर अछाम पुगेका बेला गम्भीर अवस्थमा बिरामी भएका हुन् । 

    images

    अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका बेला अचानक स्वास्थ्यमा समस्या देखा परेकाे हाे । उनलाई स्थानीय बयलपाटा अस्पतालमा उपचारपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको माओवादी सुदूरपश्चिमका सचिव जनक बुढाले जानकारी दिए।

    images
    images
    images

    प्यारालाइसिस जस्तो समस्या देखियो, कार्यक्रममा सहभागी हुन जाँदा बोल्न सक्नु भएन, एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज लगिएको छ,’ उनले भने।जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’अन्तर्गत माओवादी नेता खगराज भट्ट र सुदूरपश्चिम इन्चार्ज आचार्य जिल्ला जिल्लामा व्यस्त थिए।

    अभियान सुरु भएको महिना दिनबढी भएकाले उनीहरु जिल्ला जिल्ला पुगेर अभियानको आवधिक समीक्षा गर्दैथिए। अछामको रामारोशनमा माओवादीको जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानको आवधिक समीक्षा कार्यक्रम राखिएको थियो।

    अहिले उनको नेपालगञ्जमा उपचार भइरहेको माओवादी स्थायी समिति सदस्य खगराज भट्टले बताए। तर त्यहाँबाट पनि आचार्यलाई तत्काल काठमाडौं लैजान डाक्टरहरुले सुझाएको भट्टले बताए। बुधबार बिहान ६ बजे एक्कासि बोली बन्द भएर शरीरको दाहिने भाग नचलेपछि बयलपाटा अस्पतालमा सामान्य उपचार गरेर सेनाको हेलिकोप्टरबाट नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको हो। 

    प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - १२:५४:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको