१७ असाेज काठमाडाैँ । नेपालकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । गायिका खाती लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । उनकाे ८४ वर्षीया उमेरमा गएराति निधन भएको हो ।
दिलमाया खाती पहिलो पटककाठमाण्डौ आएका बेला आफन्तकोमा उहाँले गाउनु भएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गर्नु भएको थियो । तेही गित पछि उहाँले नेपाली संगितक क्षेत्रमा गीत गाउन सुरू गर्नु भएकाे थियाे ।
अविवाहित दिलमायाले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी नेपाली भाषाका एक सय ५० भन्दा बढी गीतहरु बजारमा सार्वजानिक भएका छन् ।