Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले पदपूर्तिको विरोध गरेपछि आयोगले परीक्षा स्थगित

नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले पदपूर्तिको विरोध गरेपछि आयोगले परीक्षा स्थगित

जोईन खबर

१९, आश्विन २०८०
  • 760
    SHARES
  • नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले पदपूर्तिको विरोध गरेपछि आयोगले परीक्षा स्थगित

     १९ असाेज काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिन लागेको परीक्षा स्थगित गरेको छ ।  प्राध्यापक र सहप्राध्यापकका लागि आन्तरिक तथा खुलातर्फबाट पदपूर्ति गर्न लागेको थियो ।

    images

    १४ देखि १९ असोजसम्म दुवैतर्फको अन्तवार्ता लिने कार्यतालिका सेवा आयोगले प्रकाशित गरेको थियो । आयोगले बिहीबार (१८ असोजसम्म) का अन्तर्वार्ता सकिएको आयोगले जनाएको छ ।नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले पदपूर्तिको विरोध गरेपछि आयोगले परीक्षा स्थगित गरेको हो ।

    images
    images
    images

    ती संगठनले बुधबार साँझदेखि सेवा आयोग, विज्ञान डिनको कार्यालय, त्रिवि पुनरावेदन आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् ।शुक्रबार हिन्दी विषयको प्राध्यापक र सहप्राध्यापक र समाजशास्त्र विषयको सहप्राध्यापकको अन्तर्वार्ता गर्ने गरी आयोगको तयारी थियो ।

    नेविसंघले आयोगका अध्यक्ष प्रा.डा.घनश्याम भट्टराई र सदस्य प्रा.डा. हेमराज ढकाललाई विश्वविद्यालय प्रवेशमा निषेध गर्दै सेवा आयोगमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । आयोगले लिएका विगतका परीक्षा  पारदर्शी अनियमित तरिकाले परीक्षा लिन लागेको नेविसंघले जनाएको छ । त्रिवि सेवा आयोगले यसभन्दा अघि कर्मचारीतर्फका विज्ञापन, उपप्राध्यापक, सह प्राध्यापक र प्राध्यापकको परीक्षा मूल्यांकन र नतिजामा अनियमितता भइरहेको नेविसंघका त्रिवि सभापति विष्णु बडैलाले बताए । 

    प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - १६:०४:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको