१९ असाेज काठमाडाैँ । सरकारले बझाङ भूकम्पपीडितलाई अस्थायी आवास बनाउनका लागी ५० हजार रुपैयाँका दरले दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका हुन् । बझाङ जादा प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का ,गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्याएका घरहरूको अवलोकन गरेका छन् ।
गत मंगलबार २ पटक आएको भूकम्पले एक जनाको मृत्यु र घर तथा भवनमा क्षति पुर्याएको थियो ।प्रधानमन्त्री दाहालले भूकम्पबाट के-कति क्षति पुगेको छ छिट्टै यकिन गरिने बताए।उनीहरूले भूकम्पबाट पूर्ण क्षति भएका घरपरिवारलाई तत्काल अस्थायी आवास बनाउन ५० हजार रूपैयाँका दरले सहयोग गर्छौं।
प्रभावित अन्य परिवारलाई १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने प्रधानमन्त्री दाहालको भनाइ छ। त्रिपाल, खाद्यान्न, औषधिलगायत राहत व्यवस्थापन गरिएको उनले बताए।भूकम्पमा परी घाइते भएकाहरूलाई सरकारले नि:शुल्क उपचार गर्ने प्रधानमन्त्री दाहालले बताए।