भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच पटक पटक छलफल हुदाँ पनि अग्रिम टिकट खुल्न सकेको छैन ।देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको बताएपनि भाडा वृद्धिले टिकट बुकिङ रोकिएको छ ।वरिष्ठ उपाध्यक्ष सिटौला पेट्रोलियम पदार्थको आधारमा ३५ प्रतिशत भाडा समायोजन भए पनि बैंकको ब्याजदर, टायर, तलब भत्तालगायतका सुविधाका लागि ६५ प्रतिशत भाडामा समायोजन नभएको बताउछन् ।
यातायात मन्त्री प्रकाश ज्वालाले भाडा बढाउन नसकिने बताइसकेका छन । ‘यातायात व्यवसायी साथिहरु भाडा वृद्धिको माग गरिरहनु भएको छ । चाडपर्वकै मुखमा भाडा वृद्धि गराउन सकिँदैन, मैले स्पष्ट भनिसकेको छु । मन्त्री ज्वालाले यातायात व्यवसायी भाडाको बिषयलाई लिएर पछि नहटे आवश्यकताका आधारमा सेना, प्रहरी र स्कुल कलेजका बसहरु समेत प्रयोग गर्ने बताए ।