१९ असाेज काठमाडाैँ । यातायात व्यवस्था विभागले सार्वजनिक गाडीमा असोज २२ गतेदेखि दशैँको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार अाज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आज शुक्रवार भएको छलफलमा अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको बताउनुभयो ।
पुरानै भाडा दर कायम गरेर अग्रिम टिकट बुकिङ खुल्ने भएको हो ।दशैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष भने ढिलाे भएको हो ।