Logo

बिहिवार, कार्तिक १३ गते २०८३

२ अर्ब १५ करोड रुपैयाँ खर्चेर पैदलमार्ग मर्मत गर्दै

२ अर्ब १५ करोड रुपैयाँ खर्चेर पैदलमार्ग मर्मत गर्दै

जोईन खबर

२१, आश्विन २०८०
  • 823
    SHARES
  • २ अर्ब १५ करोड रुपैयाँ खर्चेर पैदलमार्ग मर्मत गर्दै

     २१ असाेज काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड रुपैयाँको लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भई काम शुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागले जनाएको छ ।

    images

    अहिले महानगर क्षेत्रभित्र झन्डै एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ ।महानगरका अनुसार अहिले वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ चार करोड ५५ लाख रुपैयाँमा काम भइरहेको छ । वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर २ को लाजिम्पाट, वडा नम्बर ३ को महाराजगन्ज हुँदै चक्रपथसम्मको खण्डका लागि १० करोड रुपैयाँमा सम्झौता भइसकेको छ ।

    images
    images
    images

    साथै वडा नम्बर २८ को प्रदर्शनीमार्गमा काम शुरु भइसकेको छ । यसको लागत तीन करोड ७८ लाख रुपैयाँ रहेको छ । वडा नम्बर ११ को त्रिपुरेश्वरदेखि वडा नम्बर २२ सुन्धारा, वडा नम्बर २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमल हुँदै वडा नम्बर २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग १८ करोड रुपैयाँमा सम्झौता भइसकेको विभागले जनाएको छ ।

    वडा नम्बर २८ को बागबजारदेखि वडा नम्बर २९ चारखाल, वडा नम्बर ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नम्बर ९ को पुरानो बानेश्वर, वडा नम्बर ३१ को भीमसेनगोला हुँदै वडा नम्बर ९ को सिनामङ्गल सडक खण्डका लागि १० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

    साथै वडा नम्बर १३ को कालीमाटीदेखि सोल्टीमोड हुँदै वडा नम्बर १४ को कलङ्कीसम्म, वडा नम्बर ८ को गौशालादेखि वडा नम्बर ७ को चाबहिलसम्म, वडा नम्बर ८ गौशालादेखि वडा नम्बर ९ रातो पुलसम्मको सडक खण्डलाई १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।चालु आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - १६:४९:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको