Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपालीको मृत्यु, ६ जना घाइते

हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपालीको मृत्यु, ६ जना घाइते

जोईन खबर

२१, आश्विन २०८०
  • 805
    SHARES
  • हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपालीको मृत्यु, ६  जना घाइते

    २१ असाेज काठमाडाैँ । हमासले इजरायलमा गरेको आक्रमणमा परी  १० जना नेपालीको मृत्युर ६ जना घाइते भएको पुष्टि भएको छ । इजरायलस्थित नेपाली राजदूतका अनुसार घाइते र मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र मधुवान-१, सुनसरीका राजेशकुमार स्वर्णकार ,पाँचनली-डोटीका राजन फुलारा, लामिखाल-८ डोटीका पदम थापा, सारदा-३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

    images

    सारदा-२ सल्यानका विधान सेजुवाल, दगिशरण-३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खट्टामा गम्भीर चोट लागेको छ ।गोरखा-८ गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ ।

    images
    images
    images

    टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।त्रिवेणी-१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति-४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

    प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - २१:२७:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको